प्रतिनिधिसभा चुनावका लागि डडेल्धुराबाट सभापति देउवाको एकल नाम सिफारिस।

काठमाडौं := नेपाली कांग्रेस डडेल्धुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टी सभापति शेरबहादुर देउवाको नाम एकल रूपमा सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मत रूपमा देउवाको उमेदवारी समर्थन गर्दै अन्य कुनै नाम सिफारिस गर्ने निर्णय गरेको जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिनुभयाे ।

यस्तै समानुपातिकमा नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभाका लागि भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस भएको जिल्ला सभापति साउदले बताए ।

सभापति देउवाले डडेल्धुराबाट लगातार २०४८ सालदेखि चुनाव लड्दै आएका छन् । जिल्ला सभापति भीमबहादुर साउदले यसपटक पनि प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारमा सर्वसम्मत देउवाको नाम सिफारिस गरिएको बताए ।