विदेशी कामदारका लागि अनिवार्य “EPF” योगदान कार्यान्वयन गराउन इमिग्रेशनको सहकार्य।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत विदेशी कामदारका लागि अनिवार्य भविष्य कोष (EPF) ईपिएफ योगदान सुनिश्चित गर्न ईपिएफ र अध्यागमन विभाग “इमिग्रेशन”ले संयुक्त रूपमा निगरानी र कार्यान्वयन सुदृढ गर्ने सहमति गरेका छन्।

बिहीबार जारी विज्ञप्तिमा, ईपिएफले गैर-मलेसियाली कामदारका लागि अनिवार्य ईपिएफ योगदान लागू गर्ने प्रक्रियालाई समर्थन गर्न इमिग्रेशन विभागसँग रणनीतिक सहकार्य नोटमा हस्ताक्षर भएको जनाएको छ। यो सहकार्य प्रधानमन्त्री दातोक श्री अनवर इब्राहिमले २०२५ को बजेटमा घोषणा गरेको नीतिसँग मेल खाने बताइएको छ।

दुवै विभागबीच डेटा आदान–प्रदान

सहकार्यअन्तर्गत दुवै निकायका प्रणालीहरू एकीकृत गरिनेछन्, जसले कामदारको अवस्थाबारे सटीक र सुरक्षित डेटा शेयरिंग सम्भव बनाउनेछ। यो व्यवस्था Visit Pass Temporary Employment (VPTE), Employment Pass तथा मलेसियामा काम गर्न मिल्ने अन्य वैध पास धारकहरूलाई समेट्नेछ।

नियमपालन सुदृढ गर्न कदम

ईपिएफका सिइओ साजालिजा जैनुद्दिनका अनुसार, सहकार्यले दुवै निकायको क्षमता, पारदर्शिता र गैर-मलेसियाली कामदारको दर्ता प्रक्रिया अझ छिटो र प्रभावकारी बनाउनेछ, भने। “यो सहकार्यले अनिवार्य योगदानको कार्यान्वयनमा उच्चस्तरीय अनुपालन सुनिश्चित गर्दै, रोजगार प्रणालीमा दीर्घकालीन फाइदा पुर्‍याउँछ,” उनले भने।

हालसम्म १.३ मिलियन कामदारले योगदान सुरु गरे 

ईपिएफका अनुसार, यहीँ बर्षको अक्टोबर १ देखि लागू भएको अनिवार्य योगदानमा ६०,००० नियोक्तामार्फत १.३ मिलियन विदेशी कामदार सहभागी भइसकेका छन्।
तर अझै पनि केही नियोक्ता अनुपालनमा चुकिरहेको हुँदा कामदारको सामाजिक सुरक्षामा जोखिम बढेको बताइएको छ।

ईपिएफले रोजगारदातालाई चेतावनी दिएसंगै तुरुन्तै योगदान सुरु गर्न गर्यो आग्रह ।

ईपिएफले रोजगारदाता , नियोक्तालाई तुरुन्तै अनिवार्य योगदान सुरु गर्न चेतावनी दिएको छ, अन्यथा जरिवाना र कानुनी कारबाहीमा पर्नसक्ने बताएको छ।

नियोक्तालाई ईपिएफ योगदान सही रूपमा श्रेय गर्न कामदारको पूरा नाम, पासपोर्ट नम्बर र ईपिएफ सदस्यता नम्बर उपलब्ध गराउन स्मरण गराइएको छ। VPTE तथा Employment Pass भएका विदेशी कामदारलाई ईपिएफले स्वतः दर्ता गर्नेछ।

यसबाहेकका पासधारकको दर्ता भने ईपिएफ कार्यालयमार्फत गरिनेछ। कामदारलाई जनवरीदेखि फिङ्गरप्रिन्ट दर्ता गर्न ईपिएफ कार्यालयमा जान प्रोत्साहित गरिएको छ। अनिवार्य योगदानसम्बन्धी थप जानकारी ईपिएफको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।