मलेसियाका नेपाली ब्यावसायी कृष्णराज आङ्देम्बेले गरे अनाथ बालआश्रममा सहयोग।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा बिगत दुई दशकदेखि ब्यापार-व्यवसाय गरेर बसिरहनु भएका एक सफल नेपाली ब्यावसायी कृष्ण राज आङ्देम्बेले नेपालमा एक अनाथ बालआश्रममा खाद्यान्न लगायत लत्ताकपडा सहयोग गर्नुभएको छ ।

नेपाल बिदा मनाउन गएको मौकामा झापाको दमक पुगि  एउटा बाल आश्रममा सहयोग गर्नुभएको हो । आश्रममा रहेका सबै बालबालिकाहरूलाई पुग्ने गरी उहाँले लत्ता कपडा वितरण गर्नुभयो। साथै एक महिनालाई पुग्ने खाद्यान्न सामग्री पनि उहाँले सोही अवसरमा हस्तान्तरण गर्नुभयो।

उक्त आश्रममा अहिले ३० जना बालबालिकाहरू विद्यालय पढ्ने गरेका रहेका छन् , भने अन्य दुईजना कलिला बालबालिकाहरू रहेका छन्। यो आश्रममा अहिले कुल ३६ जनाले आश्रय लिएर बसिरहेका छ।

दमक ९ मा रहेको बालवृद्ध आश्रमकी अध्यक्ष मन्दरा चिमरिया पौडेल सचिव दुर्गा काफ्लेलाई आङदेमेले ती सामग्रीहरू हस्तान्तरण गर्नुभयो। आङ्देम्बेले “आफू के कारणले विदेशिएको र विदेशीताको अवस्थालाई सम्झदै आङ्देम्बे भन्नुहुन्छ अप्ठ्यारो अवस्थामा विदेशिएकोमा केही कमाएपछि आफ्नै ठाउँमा आएर केही सहयोग गर्ने भावना जागृत भएकोले आज आश्रममा आएर सहयोग गरेको हुँ,” भने।

सामग्री हस्तान्तरणपछि बोल्दै संस्थाकी अध्यक्ष मन्दिरा पौडेल भन्नुहुन्छ यो आश्रम यस्तै सहयोगी व्यक्ति दात्री संस्थाहरूको सहयोगबाट नै सञ्चालन भएको हो। तपाईं हरुलाई पनि केहि स्वच्छिक रुपमा आर्थिक अथवा विभिन्न सामाग्रीहरु सहयोग गर्न मन भएमा आश्रममा आएर अथवा हामीलाई सम्पर्क गरि सहयोग गर्न सकिने बताइन् ।