यौनधन्दा हुने पुडुलगायतको क्षेत्रमा अध्यागमनको छापा, नेपालीसहित १३९ जना विदेशी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकार गृहमन्त्रालय मातहतको मलेसियन अध्यागमन विभाग “इमिग्रेशन” ले फ़ेरि पनि आज आईतवार राजधानीको वरपर अवस्थित १३ वटा यौनधन्दा हुने केन्द्रमा छापा मार्दै अनैतिक क्रियाकलाप र वेश्यावृत्तिको काममा संलग्न १३९ जना विदेशी नागरिकहरु लाई पक्राउ गरि नियन्त्रणमा लिएको छ।

अध्यागमन विभागका निर्देशक बास्री ओथ्मानका अनुसार आज राजधानी क्वालालम्पुरमा बिहान ११:३० बजे शुरू गरिएको सो अभियान विशेषगरी पर्यटकहरू र विदेशीहरूको भीड हुने जालान पेटालिङ, जालान इम्बी र जालान पुडु आसपास केन्द्रित थियो। पक्राउ पर्नेहरूमा २० देखि ६५ वर्ष उमेर समूहका ११२ महिला र २७ पुरुष रहेका छन्, जसमध्ये सबै महिलाहरू अनैतिक गतिविधिमा संलग्न रहेको विश्वास गरिएको छ।

विभागले सम्बन्धित परिसरको ‘कप्तान’ को रूपमा काम गरेको आशंकामा २० स्थानीय पुरुषहरूलाई पनि पक्राउ गरेको छ। “हिरासतमा लिइएका विदेशीहरूमा तीन इन्डोनेसियाली पुरुष र ४२ महिला, १७ भियतनामी महिला, आठ म्यानमार पुरुष र महिलाहरू छन्। “यसका साथै, १० बंगलादेशी पुरुष र ४३ महिला, तीन भारतीय पुरुष र एक महिला, तीन नेपाली पुरुष र एक श्रीलंकाली महिला,” रहेकोज अपरेशन स्थलमा आयोजित पत्रकार सम्मेलनमा भने। पक्राउ परेकालाई थप आवश्यक कारवाहीको लागि अध्यागमन विभागको डिपोमा राखिएको छ ।