बिरालो काण्डमा आरोपित सुरक्षागार्ड शाहलाई ३ वर्ष र अवैधानिक मुद्दामा ४ महिना सजाय !

शाहआलम (मलेसिया):= मलेसियामा एक (बिरालो)लाई यौन दुर्व्यवहारसम्बन्धी काण्डमा पक्राउ परेका नेपाली सुरक्षागार्ड लाई शाहआलमको मजिस्ट्रेट अदालतले शुक्रवार चार महिनाको कैद “जेल” सजाय सुनाएको छ। ३३ वर्षीया आरोपित सुरक्षागार्ड अर्मान शाह अर्धनग्न अवस्थामा देखिएको र वैध कागजात बिना मलेसियामा अवैधानिक काम गरेको दुईवटा अभियोगमा दोषी ठहरिएका हुन्।

शाहलाई मजिस्ट्रेट वान नूरा निसा नगादिरिनको इजलासबाट सुनाइएको हो। यससँगै शाह आलम सेसन्स अदालतमा उनीमाथि सोही समयमा गरिएको सुनुवाइमा जनावर “बिरालो”माथि क्रूर दुर्व्यवहार सम्बन्धी अर्को अभियोगमा पनि दोषी ठहर भएका छन्। यो अभियोग पशु कल्याण ऐन २०१५ को धारा २९ (१)(a) अन्तर्गत दर्ता गरिएको हो, जसमा अधिकतम ३ वर्ष कैद सजाय वा आरएम १ लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

अदालतले उनलाई जमानत नदिने निर्णय गर्दै डिसेम्बर ८ का लागि फैसलाको विस्तृत सुन्ने मिति पनि तोकेको छ। अदालतका अनुसार, पहिलो अभियोगमा शाहले १५ नोभेम्बर मध्यरात १२:३० बजे कोटा केमुनिङस्थित एक अपार्टमेन्टको चौथो तल्लामा स्थानीय एक जोडी व्यक्तिको अगाडि अर्धनग्न रहेको आरोप थियो। शाहको यस् अपराधलाई दण्ड संहिता ५०९ अनुसार सार्वजनिक शिष्टताविरुद्ध मानिएको छ।

त्यस्तै, वैध कागजात वा पास बिना मलेसियामा बसोबास गरेको अभियोगमा उनलाई आप्रवासन ऐन १९५९/६३ को धारा ६(१)(c) अन्तर्गत आरोप लगाइएको थियो।
अदालतले अर्धनग्न प्रकरणमा एक महिना, र आप्रवासन उल्लङ्घनमा तीन महिना जेल सजाय सुनाएको छ — र दुवै सजाय अलग–अलग भोग्नुपर्नेछ।

अभियुक्तले अदालतमा कुनै कानुनी प्रतिनिधि बिना स्वयं न्यूनतम सजायको माग गरेका थिए। तर, उप–मुद्रापक मुहम्मद ऐमान अरिज जैनाल आलम ले उक्त कार्यलाई गम्भीर मान्दै कडा सजायको तर्क पेश गरेका थिए। यसो अदालतको अभियोग अनुसार शाह करिबकरिब ४ बर्षसम्मका लागि जेल जाने लगभग तय भएकोछ।- बर्नामा