नक्कली “Mykad” आइसी प्रयोग गरेको आरोपमा पक्राउ परेका ८० जना विदेशी दोषी ठहर।

कुलाइ(जोहोर):= मलेसियाको सेनाईस्थित एक फ्याक्ट्रीमा अरूको MyKad (नक्कली मलेसियाली परिचयपत्र) प्रयोग गरेको अभियोगमा पक्राउ परेका ८४ जना विदेशी कामदारलाई अदालतले दोषी ठहर गरेको छ।

अदालतको मजिस्ट्रेट आर. सालिनीले ८३ जनालाई प्रत्येकलाई जनही आरएम ४ हजार रिंगेट जरिवाना तोकिदिए, जरिवाना नतिरेमा ७ महिनासम्म कैदको सजाय रहने फैसला सुनाएको छ।

एक पुरुष अभियुक्तलाई भने ७ महिनाको जेल सजाय सुनाइयो, जसको अवधि नोभेम्बर १७ (सोमबार) मा पक्राउ भएको मितिदेखि लागू हुनेछ। एक फ्याक्ट्रीमा अध्यागमनद्वारा छापामारी हुँदा नक्कली वा अरूको “MyKad” प्रयोग गरेको खुल्यो ।

अदालती कागजातअनुसार, नोभेम्बर १७ मा साँझ ५ बजे सेनईको टमन टेक्नोलोजीस्थित फ्याक्ट्रीमा गरिएको कागजात जाँचका क्रममा उनीहरूले नक्कली MyKad वा अरू व्यक्तिको MyKad प्रयोग गरेको भेटिएको थियो।

दोषी ठहर गरिएका सर्वसम्मत ८४ जनामध्ये १८ पुरुष र ६६ महिला उमेर १८ देखि ५३ वर्षसम्मका रहेका छ्न । उनीहरूको विरुद्ध National Registration Regulations 1990 (Amendment 2007) को Regulation 25(1)(e) अन्तर्गत मुद्दा दर्ता भएको हो।

यसमा अधिकतम ३ वर्षसम्म कैद, आरएम २० हजारसम्म जरिवाना वा दुवै सजायको प्रावधान उल्लेख छ। बचाउ पक्षका तर्फबाट मुद्दा लडिरहेका वकिलहरुले धेरैजना एकल आमाहरू, साना बच्चा भएकाहरू, सामान्य फ्याक्ट्री कामदार, र पहिलोपटक गल्ती गरेको भन्दै न्यूनतम सजाय मागेका थिए।