युके:= नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीकि पूर्व कप्तान एवं गोलरक्षक खेलाडी एन्जीला तुम्बापो सुब्बालाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ।
किरात याक्थुङ चुम्लुङ यूकेको सहकार्यमा आयोजित कार्यक्रममा गैर आवासीय नेपाली संघ एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल र महासचिव जुरेन्द्र खजुमले एन्जीलालाई सम्मानपत्र प्रदान गरे।

सोहि कार्यक्रममा “एन्जीला” फिल्मका निर्देशक मिलन चाम्स, नायिका श्रृजना सुब्बा र अभिनेत्री रन्जीता साउदेनलाई पनि सम्मान गरिएको थियो। १६ नोभेम्बर २०२५ मा सम्पन्न यो कार्यक्रममा सहभागी सबैले प्रेरणा र गौरवको अनुभूति गरे।एनआरएनए युकेले एन्जीला तथा अन्य सम्मानित सबै व्यक्तित्वलाई हार्दिक बधाई ज्ञापन गरेका छ्न ।




















