एजेन्सी := पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत पोर्टोको इस्टेडियो डो ड्रागाओमा आइतबार आर्मेनियाविरुद्ध भएको खेलमा ९–१ को जितसहित पोर्चुगलले सातौँ पटक लगातार विश्वकपमा सहभागिता सुनिश्चित गरेको हो ।
कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगलले खेल अवधीभर आर्मेनियालाई दबाबमा राख्यो । खेलमा ब्रुनो फर्नान्डेस र जाओ नेभेसले ह्याट्रिक गरे।९–१ गोलको फराकिलो जितसँगै पोर्चुगल यूईएफए समूह ‘एफ’ को शीर्षमा रहँदै सिधै विश्वकप २०२६ का लागि छनोट हुन सफल भयो।
यो जितपछि पोर्चुगलको समुह एफ मा ६ १३ अंक भएको छ र शिर्ष स्थानमा छ भने आयरल्याण्ड ६ खेलमा १० अंकसहित दोस्रो र हंगेरी ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै अर्मेनिया ६ खेलमा ३ अंकसहित पुछारमा रहेको छ ।




















