क्वालालम्पुर (मलेसिया):= नेपाल फरेन इम्प्लोयमेन्ट एजेन्सीज् एसोसिएसन (Nafea) वैदेशिक रोजगार ब्यावसायी संघ नेपालले मलेसियाले विदेशी कामदार आपूर्तिकर्ता एजेन्सीका लागि राखेको १० कडा मापदण्डले स्रोत देश नेपालमा भ्रष्टाचार र ‘सिन्डिकेट’ सक्रिय भएको भन्दै छानबिनको माग गरेको छ।
Nafea का अनुसार, नेपालका ४० भन्दा बढी एजेन्सीले मलेसिया तथा भारतका दुई व्यक्तिलाई करिब आरएम २८ मिलियन रकम डिमाण्ड हात पार्नलाई अग्रिम बुझाएको आशंका छ, जसको रकम भारतको मुम्बईस्थित खातामा पठाइएको बताइन्छ।
दुवै देशका प्रमुख एजेन्सी संघहरू (Nafea र Baira) ले मापदण्डलाई अवास्तविक र नयाँ ‘सिन्डिकेट’ जन्माउने भन्दै आपत्ति जनाएका छन्। Nafea ले दाबी गरेको छ कि दलालहरूले एजेन्सीहरूबाट आरएम ३ मिलियन रकम लिएर “नाम सूचीमा समावेश गरिदिने” प्रस्ताव गरेका छन्।
संघले नेपालका कार्यवाहक प्रधानमन्त्री सुशीला कार्की र श्रम मन्त्रालयमा औपचारिक उजुरी दर्ता गरिसकेको छ। Nafea ले चेतावनी दिएको छ कि प्रणाली लागू भएमा मलेसिया जाने नेपाली कामदारको खर्च झनै बढ्ने र धेरै एजेन्सी लाइसेन्स फिर्ता गर्न तयार हुनेछन्।malaysiakini




















