“रास्वपा”का सभापति लामिछाने बयानको लागि सिंहदरबारमा।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का सभापति रवि लामिछाने जेन-जी आन्दोलन छानबिन समितिको बैठकमा बयान दिनको लागि आज सिंहदरबारमा उपस्थित हुनुभएकाे छ ।

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहनु भएका लामिछानेलाई बोलाएको हो ।