फिलिपिन्समा आँधीका कारण bअहिलेसम्म ५२ जनाको मृत्यु, लाखौं मानिस विस्थापित।

Residents wade through a flooded street in Liloan town, Cebu province, on November 4, 2025, after Typhoon Kalmaegi hit overnight. Residents sought refuge on rooftops and cars floated through flooded streets on November 4 as Typhoon Kalmaegi battered the central Philippines, leaving at least two people dead. (Photo by Alan TANGCAWAN / AFP)

एजेन्सी := फिलिपिन्समा कालमेगी नामक आँधीका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । लाखौँ नागकिरहरू घर छाडेर पलायन भएका छन् । १३ जना अहिले पनि बेपत्ता रहेका छन् । कालमेगीबाट कयौं ठूला क्षेत्रहरूमा बाढी गएको छ। बाढीबाट सबैभन्दा धेरै जनसंख्या भएको मध्य द्वीप सेबुमा बढी क्षति पुगेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार सेबुमा सबैभन्दा बढीको मृत्यु भएको छ ।कयौँ भिडियोहरूमा मानिस घरहरूका छतमा बसिरहेका र सवारीसाधनहरू सडकमा बगिरहेका देखिन्छन्। आधिकारिक मृतक संख्यामा सेनाले राहत तथा उद्धारमा खटाएको हेलिकप्टर चालक दलका छ सदस्यहरूको नाम समावेश गरिएको छैन ।

उनीहरूको उद्धारका क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको बीबीसीमा समाचार छ। समाारअनुसार हेलिकप्टर सेबुको दक्षिणमा पर्ने मिन्डानाओ द्वीपमा दुर्घटनामा परेको थियो । फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधी आउने गरेको छ । एक महिनाअघि आएको आँधीमा परी कयौँ मानिसहरूको मृत्यु भएको थियो ।