जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने नेपाल सरकारकाे निर्णय।

काठमाडौं := सरकारले भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । ‘खासगरी गृह मन्त्रालयअन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदै छ,’ उहाँले भन्नुभयो ।

यस्तै, सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप सञ्चालन नियमावली, २०८२ स्वीकृत भएको बताउनुभयो ।

बैठकले ब्यक्तिको छानबिन , सत्य निरूपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको मन्त्री खरेलले बताए । यस्तै विपद् सङ्कटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय समेत भएको प्रवक्ता खरेलले जानकारी दिए ।

यी हुन् शहीद घोषणा हुनेहरू :

‘जेन-जी’ आन्दोलनमा प्रदर्शनको क्रममा मृत्यु भएकामध्ये सरकारले ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । जसमा बुद्धिबहादुर तामाङ कीर्तिपुर-२ काठमाडौं, सन्तोष विश्वकर्मा बेलका-४ उदयपुर, सुलभ राज श्रेष्ठ नेपालगञ्ज-१ बाँके, श्रीयम चौलागाई बेलबारी-११ मोरङ ईस्वतबहादुर अधिकारी कामपा-११ काठमाडौं, आयुष थापा नेपालगन्ज-१ बाँके, गौरव जोशी धनगढी-५ कैलाली, योग बहादुर श्रेष्ठ बारविसे–६ सिन्धुपाल्चोक, माधव सारू मगर भूमिकास्थान-४ अर्घाखाँची, बिमल बाबु भट्ट बारपाक सुलिकोट-५ गोरखा, असहाव आलम ठकुराई विरगंज-१२ पर्सा, सौरन किशोर श्रेष्ठ बाग्लुङ-४ बाग्लुङ, सुभाष कुमार बोहरा खप्तडछान्ना-७ बझाङ, रसिक खतिवडा खत्री पनौति-१० काभ्रे, बिनोद महर्जन ललितपुर-७ ललितपुर, दिल नारायण तामाङ तिमाल-७ काभ्रे, योगेन्द्र न्यौपाने गोलान्जोर-१ सिन्धुली, अभिषेक श्रेष्ठ इनरुवा नपा-६ सुनसरी, मोहन सरदार इटहरी-१४ सुनसरी, छत्रमान कुथुमी पाख्रिबास-२ धनकुटा, ओझन बुढा स्वामिकार्तिक खापर-२ बाजुरा, साजन राई धरान-२२ सुनसरी, अनिश पराजुली पालुङटार-३ गोरखा, सारकुमार राई चौदन्डीगढी-३ उदयपुर, अर्जुन भट्ट गण्डकी-४ गोर्खा, धिरज श्रेष्ठ तादी-३ नुवाकोट, देव कुमार सुवेदी लालबन्दी-५ सर्लाही, उमेश महत चौतारा साँगाचोकग-८ सिन्धुपाल्चोक, प्रविण कुलुङ सिलिचुङ-३ संखुवासभा, निखिता गौतम कालिका-८ चितवन, अभिषेक चौलागाई शैलुङ-४ दोलखा, बिजय चौधरी लहान-१५ सिरहा, भिम राज धामी दुर्गाथली-१ बझाङ, निरज पन्त दशरथ-६ बैतडी, दीपक सिंह साउद शिवनाथ-२ बैतडी, शुभराज बलामी श्रेष्ठ ककनी-१ नुवाकोट, ज्ञानिन्द्र सेढाई अर्जुनधारा-११ झापा, दिनेश राजवंशी अर्जुनधारा-८ झापा, कमल भण्डारी हिलिहाङ-२ पाँचथर, दिपेश सुनुवार तिनपाटन-६ सिन्धुली, महेश बुढाथोकी विगु-३ दोलखा, लच्छुमान राई पञ्चकन्या-२ नुवाकोट, मिलन राय दुधौली-८ सिन्धुली, अमृत गुरुङ रुपा-५ कास्की, उत्तम थापा लेकाम-३ दार्चुला रहेका छन् ।