काठमाडौं := नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।आजको केन्द्रीय कार्यसमितिको बैठकमा देउवा आफैं उपस्थित भएर उपसभापति खड्कालाई कार्यवाहक दिएका हुन् । आजको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता सभापति देउवाले नै गरेका थिए । त्यस क्रममा उनले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

जेन- जी आन्दोलनमा कुटिएर घाइते भएको एक महिनापछि पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमार्फत् सार्वजनिक भएका देउवाले पार्टीको महाधिवेशन पनि नियमित समयमै हुने बताए। ‘मेरो स्वास्थ्यको कारणले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रुपमा काम गर्नेगरी तोकेको छु । उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले भने, पार्टीको विधान अनुसार तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ।’




















