काठमाडौं := नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा सार्वजनिक रुपमै पार्टी कार्यालयमा पुगेका छन् । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते घाइते भएका देउवा त्यसपछि पहिलो पटक आज मंगलबार पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् ।
बुढानीलकण्ठस्थित आन्दोलनकारीको कुटपिटमा परेका देउवा आजभन्दा अघि सार्वजनिक रुपमा देखिएका थिएनन् ।नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो । पटकपटक नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गर्न खोजिए पनि असम्भव भएको थियो ।
पछि सेनाले स्थलमार्गबार्ट उनीहरूलाई अस्पताल लगेको थियो । सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको भन्ने खुलाइएको थिएन । टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको पछि पत्रकार सम्मेलनमार्फत कांग्रेस नेता मीन विश्वकर्माले जानकारी गराएका थिए ।




















