मलेसियास्थित नेपाली राजदूतावास सेप्टेम्बर ३० देखी अक्टोबर २ तारिखसम्म बन्द रहने।

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासको कार्यालय ३ दिनसम्मको लागि बन्द रहने भएको छ ।

नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाडपर्व बडा दशैंको उपलक्ष्यमा मिति २०८२/०६/१४ तदनुसार ३० सेप्टेम्बर २०२५ देखि मिति २०८२/०६/१६ तदनुसार २ अक्टोबर २०२५ सम्म नेपाली राजदूतावास, क्वालालम्पुरको कार्यालय बन्द रहने एक सूचना सार्वजनिक गरि जनाएको छ ।

उक्त दिन आकस्मिक सहयोगका लागि राजदूतावासको हटलाइन नं. ०१६ २४७२७७७ मा सम्पर्क गर्न राजदूतावासले अनुरोध गरेको छ ।साथै राजदूतावासका सेवाहरु मिति २०८२/०६/१७ तदनुसार ३ अक्टोबरका दिन पुनःसुचारु हुने जनाएको छ ।