काठमाडौं := नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा पनि छापा मारेको छ ।
आइतबार देउवा पत्नी आरजु राणाको माइत , साला भूषण राणा र उहाँका बुबा-आमा बस्ने ललितपुर महानगरपालिका–४ काे जावलाखेलमा रहेका छुट्टा-छुट्टै दुई घरमा सीआईबीले छापा मारेको हो । भूषण देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुनुहुन्छ ।
सीआईबीका अनुसार शंकास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। छापा मार्ने क्रममा बुवाआमा मात्रै घरमा थिए। भूषण भने घरमा नरहेको सीआईबीले जनाएको छ। खानतलासी गर्दा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ ।