“दशैं, तिहार र छठ पर्व २०८२” को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न।

[ मिलन दोङ तामाङ ] 

क्वालालम्पुर := प्रवासी नेपाली समुदायबीचको एकता र सद्भाव बढाउने उद्देश्यले गैरआवासीय नेपाली संघ “एनआरएनए” मलेसिया र नेपाली व्यवसायी समाज, क्वालालम्पुर मलेसियाको संयुक्त आयोजनामा आयोजित “दशैं, तिहार र छठ पर्व २०८२” को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

शनिबार राती सम्पन्न कार्यक्रम क्वालालम्पुरस्थित फाईभ एलिमेन्ट होटेलमा साँझ ०७:०० बजेदेखि सुरु भएको थियो। कार्यक्रममा उपस्थित सहभागीहरूले एकआपसमा चाडपर्वको शुभकामना आदानप्रदान गर्दै नेपाली संस्कृति र चाडपर्वको महत्वबारे चर्चापरिचर्चा गरे ।

गैर आवासीय नेपाली संघ मलेसियाको अध्यक्ष‌ ईन्द्र नारायण लिम्बू को सभाध्यक्षमा सम्पन्न यस कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष पदम राज लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो, कार्यक्रमको विशेष आकर्षणका रूपमा चिरपरिचित मोडल सबिता तामाङ, बिना तामाङ (लेकाली), चार्ली घिसिङ र काशी गुरुङले आफ्नो सांगीतिक तथा नृत्य प्रस्तुतिहरूमार्फत दर्शकलाई मनोरञ्जन दिलाए।

आदिवासी जनजाती महासंघ मलेसियाका पुर्व अध्यक्ष तथा ब्यावसायी समाजको सचिव बिपिन राईले संचालन गरेको उक्त कार्यक्रममा मलेसियामा कार्यरत कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, सञ्चारकर्मी तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि पदम राज लिम्बू लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।