विदेश भाग्न सक्ने डरले शीर्ष पार्टीका नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने सरकारको तयारी।

काठमाडौं := नेपाल सरकारले शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ। जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ लिनेबारे छलफल भएको हो ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवासहित दम्पती एवं पुर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा , नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने सरकारले तयारी गरेको हो ।

गत भदाै २३ गते जेनजी आन्दोलनलाई दमन गर्न लगाउने नेताहरूलाई आन्दोलनको माग अनुसार नै अनुसन्धान गर्नुपर्ने भएकाले राहदानी रोक्का गर्न लागिएको एक उच्च स्रोतले बताए । ‘जेनजी आन्दोलनलाई दमनको रूपमा परिणत गर्नेलाई कारबाही गर्न जेनजीहरुको माग रहेको छ । अन्य विषयमा पनि अनुसन्धान हुन सक्छ। त्यसको लागि अहिले सरकारले पासपोर्ट रोक्ने तयारी गरेको हो,’ ती उच्च स्रोतले भने ।

सरकारले तत्काल मूख्य दुई विषयमा अनुसन्धान गर्ने देखिएको छ । सरकारले गरेको दमन र नेताको घरमा देखिएको नगदको आधारमा तत्काल अनुसन्धान गर्नको लागि पासपोर्ट रोक्का गर्न लागेको ती स्रोतको दाबी छ