इमिग्रेशनद्वारा सेलाङ्गोर,क्वालालम्पुरमा रहेको मसाजसंगै यौनधन्दा गर्ने सेन्टरमा छापा, २८ पक्राउ।

पुत्राजाया:= मलेसियन अध्यागमन विभाग “इमिग्रेसन” (JIM)ले पुचोङ, सेलाङ्गोर र क्वालालम्पुर आसपासका विभिन्न मसाज सेन्टरमा छापा मार्दा २८ जना विदेशी महिला पुरुषलाई पक्राउ गरेको छ। ती सेन्टरहरूले ग्राहकलाई ‘थप सेवा’ (यौन गतिविधि) उपलब्ध गराउने गरेको शंकाको आधारमा छापामारी गरिएको थियो।

इमिग्रेसनका महानिर्देशक दातुक श्री जकारिया शाहबानका अनुसार पक्राउ परेकाहरूको उमेर २१ देखि ३५ वर्षबीच रहेको छ। उनीहरूमा १२ जना इन्डोनेसियाकी महिला, ५ जना म्यान्मारकी महिला, १ जना चिनियाँ पुरुष र ३ जना चिनियाँ महिला, ४ जना भियतनामकी महिला, २ जना थाइल्याण्डकी महिला तथा १ जना भारतीय पुरुष रहेका छन्।

“उनीहरूलाई विभिन्न आप्रवासन उल्लङ्घनका आधारमा पक्राउ गरिएको हो। कुल ४२ जनामध्ये २९ जना महिला र २ जना पुरुष विदेशी तथा ११ जना स्थानीय नागरिकमाथि छानबिन गरिएको थियो,” महानिर्देशक जकारियाले बताए।पक्राउ परेकाहरूको मुख्य उल्लङ्घनमा भिसा अवधि नाघेर बसाइ (ओभरस्टे) र कानूनी कागजातबिनै बसाइ रहेको पाइएको छ। यससम्बन्धी मुद्दा इमिग्रेसन ऐन १९५९/६३ को दफा ५५ई, ६(१)(c) र १५(१)(c) साथै इमिग्रेसन नियमावली १९६३ को नियम ३९(b) अन्तर्गत अनुसन्धान भइरहेको बताइएको छ।

ALL PHOTO SOURCE : JABATAN IMIGRESEN MALAYSIA .

त्यसैगरी, घटनास्थलमा रहेका सात जना ग्राहकलाई पनि साक्षीको रुपमा ‘फर्म २९’ अन्तर्गत जरिवाना गरिएको छ। “यी सेन्टरहरूको कार्यशैली दिनमा स्पा वा रिफ्लेक्सोलोजी केन्द्रको नाममा कानूनी रूपमा सञ्चालन गर्ने तर राति भने अनैतिक गतिविधि गर्ने थियो। मसाज र यौनधन्दाको प्रचार प्रसार व्यवसायिक कार्ड, सामाजिक सञ्जाल तथा व्हाट्सएप र टेलिग्राम जस्ता म्यासेजिङ एपमार्फत गरिन्थ्यो,” जकारियाले बताए।

ग्राहकलाई दिइने प्याकेजमा “एकै साथ स्नान” र यौन सेवा पनि समावेश गरिएको पाइएको छ। शुल्क २०० देखि ३५० रिङ्गिटसम्म लिइन्थ्यो। यस्ता सेन्टरहरूले मासिक करिब ३ लाख रिङ्गिटसम्म आम्दानी गर्ने अनुमान गरिएको छ। “JIM कुनै पनि विदेशीलाई अवैध रूपमा बस्न दिने, भिसाको दुरुपयोग गर्ने वा समय नाघेर बस्नेलाई बर्दाश्त गर्ने छैन। त्यस्तै, यस्ता विदेशीलाई रोजगारी दिने वा संरक्षण गर्नेहरूविरुद्ध पनि कडा कारबाही हुनेछ,” जकारियाले स्पष्ट पारे।  Bernama