काठमाडौं := नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्काल निलम्बन, छानबिन र कारबाही गर्न निगमभित्रका जेनजी कर्मचारीले माग गरेका छन्। कर्मचारीहरूले प्रधानमन्त्री सुशीला कार्की समक्ष पेश गरेको निवेदनमा अधिकारीमाथि विभिन्न अनियमितता र स्वार्थ आधारित निर्णयको आरोप लगाइएको छ।
आफ्नो कार्यकाल सकिँदै गर्दा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीले दुईवटा वाइडबडी जहाजको इन्जिन मर्मतका लागि ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता र वार्ता गरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा बैठक गरेको आरोप उनीमाथि लगाइएको छ ।
उनीहरुले कम्पनीले एनटीमार्फत गरिएको प्रक्रियामा पारदर्शिता नअपनाएको छ र कानूनी तथा पारदर्शी प्रक्रिया पनि पालन गरिएको छैन। साथै, अन्तर्राष्ट्रिय टिकट बिक्रिमा केही ट्राभल एजेन्सीसँग मिलेमतो गर्ने गरेको आरोप पनि उनीहरूले लगाएका छन्। निगमको प्रतिनिधि भएर अन्तर्राष्ट्रिय स्टेशनहरूमा जनरल सेल्स एजेन्ट नियुक्ति गरिए पनि त्यसबाट करोडौँको अनियमितता भएको उनीहरूको दाबी छ। त्यस्तै, आवश्यक नहुने ठाउँमा समेत न्क्ब् नियुक्ति प्रक्रिया अघि बढाइएको आरोप जेनजी कर्मचारीहरूले गरेका छन्।
कर्मचारीहरूले यो निवेदन जेनजी अगुवा सुदन गुरुङ र मुख्य सचिव एकनारायण अर्याललाई समेत बुझाइसकेका छन् र निगमभित्रको अनियमितता रोक्न तत्काल कारबाही माग गरेका छन्।