एनआरएनए र ब्यावसायी समाज मलेसियाद्वारा दशैं,तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै।

काठमाडौं := नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाडपर्व बडा दशैँ सुरु भैइसकेको छ , भने तिहार र छ्ठपर्व पनि नजिकिँदै गएको छ । चाडपर्व नजिकिँदै गएसंगै नेपालमा जस्तैः प्रवासमा पनि नेपाली समुदाय जमघट भएर एक-आपसमा शुभकामना आदानप्रदान गर्ने गर्दछ्न्।

शुभकामना आदानप्रदान कार्यक्रम प्रवास मलेसियामा पनि आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ “एनआरएनए” मलेसिया समिति र नेपाली व्यवसायी समाज क्वालालम्पुर मलेसियाको संयुक्त आयोजनामा यही २७ सेप्टेम्बर २०२५ शनिबारका दिन साझ ०५:३० बजेदेखि दशैं , तिहार र छ्ठपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने तय भएको हो ।

कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर स्थित Hotel 5 Element मा आयोजना हुनेछ् । शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय कलाकारहरु सवीता तामाङ, चार्ली घिसिङ, बिना तामाङ , काशी गुरुङ लगायतले सांस्कृतिक , सांगीतिक प्रस्तुति दिनेछ्।

कार्यक्रममा सामूहिक भेटघाटसंगै नेपाली कला–संस्कृतिको झलक, आपसी भेटघाट तथा शुभकामना आदान–प्रदानका साथै सामूहिक भोजनको विशेष व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमको उद्देश्य मलेसियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, संस्कृति संरक्षण, सहकार्य, शुभकामना आदानप्रदान र उत्सवमूलक वातावरण निर्माण गर्नु रहेको छ।मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भई सभ्य, भव्य र ऐतिहासिक बनाउन आग्रह गरिएको छ।