‘मिष्टर नेपाल वर्ल्ड’को उपाधि ललितपुरका हिमाञ्चल राज केसीलाई।

काठमाडौं:= ‘मिष्टर नेपाल वर्ल्ड’को उपाधि ललितपुरका हिमाञ्चल राज केसीले चुम्नुभएको छ । शनिबार अबेर साँझ होटल सोल्टीमा आयोजित ‘मिष्टर नेपाल २०२५’को ग्राण्ड फिनालेमा उहाँले यो उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । ‘मिस्टर नेपाल’ भनेर चिनिदा एकदमै खुशी लागेको केसीले उहाँले बताउनुभयो ।

उहाँले उपाधिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम उचो राख्ने जिम्मेवारी आएको बताउनुभयो । तीन शीर्ष विजेता छानिएको प्रतियोगीतामा भद्रपुर झापाका गिरिश रत्न शाक्य ‘मिष्टर ग्लोबल नेपाल’ र मोरङका प्रकाश चौहान ‘म्यान अफ द वल्र्ड’ प्रकाश चौहान घोषित हुनुभयो । विजेता शाक्य र चौहानले उपाधिले आफ्ना लागि नयाँ अवसरको ढोका खोलेको बताउनुभयो । यो अवसर अन्तर्राष्ट्रिय प्लेटफर्ममा सदुपयोग गर्ने धारणा राख्नुभयो ।

विजेताहरूले ‘मिस्टर वल्र्ड २०२५’, ‘मिष्टर ग्लोवल २०२५’ र ‘म्यान अफ द वर्ल्ड’मा नेपालको प्रतिनिधित्वको अलवा पाँच लाख बराबरको पुरस्कार हात पारेका छन् । भब्य रनवेमा फेसनमय उल्लासकासाथ आयोजित प्रतियोगीतामा २८ युवाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा मिष्टर मल्टिमिडिया र मष्ट एक्टिभ प्रकाश चौहान, मोष्ट ट्यालेन्ट विजय स्याङतान, बेष्ट फिजिक लक्ष्मण चन्द ठकुरी, मोष्ट पपुलर अस्टिन शेरचन, वेष्ट पर्सनालिटी हिमाञ्चल राज केसी, मिष्टर कमर्सियल आशिष गिरी, मोष्ट इन्टलेक्चयुल सक्रिय घिसिङ तामाङ, मिष्टर स्टाइल आइक निश्चिल मानन्धर, वेष्ट स्पोटम्यान दर्पण सिंह गिरी, मोष्ट क्रियटिभ सबल कटुवाल, जेन्टलम्यान वीथ प्रोपोस गिरिश रत्न शाक्य रहनुभएको छ ।

सबै प्रतियोगी स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणसहित फाइनमा उत्रिएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी गराउनुभयो । प्रतियोगिताको कोरियोग्राफर तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहनुभएको थियो ।

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगीता पुरुषहरू सहभागी हुने नेपालकै ठूलो र प्रतिष्ठित भएको आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिनुभयो ।