सिंगापुर विश्वकै सबैभन्दा सुरक्षित देश ।

एजेन्सी:= ‘ग्यालप’द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिंगापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ । सन् २००६ यता यो उपाधि सिंगापुरले १२ पटक प्राप्त गरिसकेको हो । सर्वेक्षणअनुसार, सन् २०२४ मा ९८ प्रतिशत सिंगापुरवासीले राति एक्लै हिँड्दा आफूलाई सुरक्षित महसुस हुने बताएका छन् ।

यो दर ग्यालपले विश्वभर संकलन गरेका तथ्यांकमध्ये उच्चतममा पर्दछ । पुरुष र महिलाबीच पनि सुरक्षा अनुभूतिको स्तर झण्डै बराबर देखिएको छ । साथै, ९८ प्रतिशत पुरुष र ९७ प्रतिशत महिलाले राति एक्लै हिँड्दा आफू सुरक्षित महसुस भएको बताएका छन् । प्रतिवेदनमा सिंगापुरको यो सफलताको कारणको रूपमा न्यून अपराध दर, प्रभावकारी कानुन कार्यान्वयन र कडाइका साथ पालन गरिने सार्वजनिक अनुशासनलाई उल्लेख गरिएको छ ।