नेपाल मगर संघ पेनाङको ९औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम -२०२५ आयोजना हुँदै।

क्वालालम्पुर (मलेसिया):=
“मगर इतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्दन              मगर हरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र”

भन्ने मुल नाराका साथ “नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङ”को आयोजनामा ९औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम -२०२५ आयोजना हुने भएको छ।    मिति सन् २०२५ अक्टोबर १९ तारिख आईतवारको दिन पेनाङस्थित सनसाईन स्क्वायर बायान बारुमा बिहान १०:१० बजेदेखि आयोजना हुने नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङका अध्यक्ष विरस पुन मगरले बताए ।

अध्यक्ष मगरका अनुसार अधिवेशन तथा सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपालबाट आमन्त्रित नेपाल मगर संघ केन्द्रिय समितिका सह-अध्यक्ष गांगा बहादुर थापा मगरको उपस्थिति रहनेछ। साथै, नेपालबाट नै विशेष सांगीतिक प्रस्तुतीका लागि चर्चित गायिका उर्मिला पुलामी मगर र चर्चित मोडेल विजय पुन पनि उपस्थित हुने तय भएको बताए ।

कार्यक्रमलाई भब्य र सभ्य बनाउन मलेसियामा स्थापित प्रायः जसो सबै संघसंस्था, मिडिया , व्यापारी ब्यावसायी लगायतलाई निमन्त्रणा गरिसकिएको र निमन्त्रणा गर्न छुटेका लाई पनि कार्यक्रममा उपस्थितिको लागि अध्यक्ष मगरले अनुरोध गरे । कार्यक्रम केवल अधिवेशन मात्र नभई, सांस्कृतिक विविधता, परम्परा र एकताको उत्सव हुने आयोजक समितिको विश्वास छ ।