क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टी निकट प्रवास संगठन “नेपाली जनसम्पर्क समिति मलेसिया”ले एक पीडित बालिकालाई आर्थिक सहायता सहयोग रकम प्रदान गरेको छ। दोलखा निवासी भरखरै जन्मेकी दुई महिने न्वारान हुन बाँकीनै रहेकी नवजात बालिका बिरामी भैइ काठमाडौंस्थित पाटन अस्पतालमा उपचाररत रहेकी थिइन।
बिरामी ती बालिकाको उपचारका लागि थोरै भएनी आर्थिक सहायता पुगोस् भन्ने हेतुले नेपाली जनसम्पर्क समिति मलेसियाले समितिमा आवद्ध पदाधिकारीहरुसंग संकलन गरि रु.४०,७०० (चालीस हजार सात सय रुपैयाँ) आर्थिक सहयोग निजको बैंक खातामा पठाई सहयोग गरेको हो ।
तर दुःखद् खबर भने, अस्पतालमा उपचाररत ती बालिकाको उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। डाक्टरको भरपुर प्रयास पश्चात् पनि बालिकालाई बचाउन नसकिएको परिवार स्रोतले बताए। बालिकाको दु:खद निधन प्रति जनसम्पर्क समिति मलेसियाले भावपुर्ण श्रद्धान्जली प्रक्रट गरेका छ्न ।

जनसम्पर्क समितिका सदस्य एवं कलाकार देवराज घिमिरे “डेभिट” को विशेष पहलमा सुरु भएको सहयोग अभियानलाई समितिका सभापति चोलाकान्त पंगेनी आफैले पनि सक्रिय समन्वय गरेका थिए। जनसम्पर्क समिति मलेसियाका प्रवक्ता सरोज दाहालका अनुसार बेला बखत पीडित नेपाली नागरिकहरुलाई संस्थागत रूपमा मात्र नभई व्यक्तिगत रूपमा पनि सम्पुर्ण नेपाली समुदाय एकताबद्ध भएर मानवीय सेवामा संलग्न हुनु अतिआवश्यक रहेको औल्याए ।
नेपाली जनसम्पर्क समिति मलेसियाले विगतमा पनि आवश्यकता अनुसार यहीँ मलेसियामै रहेका पीडित नेपालीलाई मात्रै नभैई नेपालमा पनि स्वास्थ्य उपचार, प्राकृतिक विपत्ति तथा आकस्मिक घटनामा आवश्यक सहयोग समन्वय गर्दै अएका छ्न । मलेसियामा कार्यरत पीडित नेपालीहरु लाई भैइपरि आएको खण्डमा नेपाली राजदूतावासको समन्वयमा हवाई टिकट सहयोग गर्ने कार्यको शुभारम्भ सन् २०१७ ताका यहीँ जनसम्पर्क समिति मलेसिया ले नै गरेका थिए ।




















