[ दिनेश खड्का “खप्तडी” ]
क्वालालम्पुर (मलेसिया):= म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति, मलेसियाको तेस्रो अधिवेशन आइतबार क्वालालम्पुरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि एनआरएनए मलेसियाका अध्यक्ष ईन्द्र नारायण लिम्बू रहनुभएको थियो।


मलेसियामा क्रियाशील विभिन्न नेपाली संघ–संस्था, समाजका प्रतिनिधि तथा समुदायको बाक्लो उपस्थिति रहेको थियो।म्याग्दी जिल्लाको मौलिक कला–संस्कृति झल्किने प्रस्तुति मार्फत कार्यक्रममा स्थानीय कलाकारहरुले गीत, नृत्य प्रस्तुत गरि उपस्थिति अतिथि हरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए।


कार्यक्रममा उपस्थित अतिथि हरु मध्यका नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज मलेसियाका कावा अध्यक्ष एवं मलाया खबरकर्मी आरएन चौधरी थारुले म्याग्दी जिल्ला पनि पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकोले अब उप्रान्त नेपाल फर्किदा अनिवार्य घुम्न जाने र म्याग्देली पर्यटनमा रमाउने बताउनुभयो । साथै उहाँले नव निर्वाचित कार्यसमितिलाई अग्रिम बधाई तथा शुभकामना समेत दिनुभयो ।


यसैगरी अधिवेशनले प्रकाश केसीको अध्यक्षतामा १७ सदस्यिय नया कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। जस्को वरिष्ठ उपाध्यक्षमा सन्तोष सरगम खाती, उपाध्यक्षमा संजय साही र जोग लाल पुन रहनुभएको छ। महासचिवको जिम्मेवारी केश रोका मगरले पाउनुभएको छ भने सचिवमा बिकास रोका र सह–सचिवमा टोक नाथ रिजाल निर्वाचित हुनुभएको छ।

त्यस्तै कोषाध्यक्षमा दुर्गा रोका मगर, सह–कोषाध्यक्षमा मिलन बोहोरा र महिला उपाध्यक्षमा रेजिना गुरुङ चयन हुनुभएको छ। त्यस्तै कार्यसमिति सदस्यमा आकाश वर्देवा, बिकास बोहरा, दिनेश घर्ती, बिकास श्रीपाली, लोक बहादुर बोहरा , दिपेन्द्र बोहरा र जय बहादुर शिरीष मगर लगायत चयन भएका छन्।




















