[ दिनेश खड्का “खप्तडी” ]
क्वालालम्पुर (मलेसिया):= हेल्प मधेसी मलेसियाको तेस्रो अधिवेशन -२०२५ तथा सम्मान कार्यक्रम आइतबार क्वालालम्पुरमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष ईन्द्र नारायण लिम्बू प्रमुख अतिथि रहनुभएको थियो।
अधिवेशनमा मलेसियामा सक्रिय विभिन्न नेपाली संघ–संस्था, समाजका प्रतिनिधि तथा लगायतको बाक्लो उपस्थिति रहेको थियो। वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोले सहभागिताबारे प्रतिक्रिया दिँदै भने, “हाम्रो समाजले देखाएको सहभागिता र एकताले मधेसी समुदायलाई अझ सशक्त बनाउन मद्दत गर्नेछ।
कार्यक्रममा मधेसी समुदायको मौलिक कला–संस्कृति झल्किने विविध प्रस्तुतीहरूले अतिथिहरूलाई मनोरञ्जन दिलाएका थिए। साथै, समाजका लागि विभिन्न तहमा रहेर योगदान पुर्याउने व्यक्तिहरूलाई खादा र प्रमाणपत्रसहित सम्मान गरिएका थिए।
यसैगरी अधिवेशनले दुई वर्षे कार्यकालका लागि प्रमोद कुमार महतोको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जसअनुसार संस्थापक अध्यक्षमा दिपक मन्डल, संस्था संरक्षकमा उदय महतो, द्वितीय संस्था संरक्षकमा उदय ना. मण्डल, अध्यक्षमा प्रमोद कुमार महतो, वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र महतो, द्वितीय उपाध्यक्षमा संजिव यादव, महासचिवमा सन्तोष महतो, सचिवमा तुलाराम मण्डल, सह–सचिवमा फुलगेन महतो, कोषाध्यक्षमा जय प्रकाश साह, सह–कोषाध्यक्षमा राम नरायण मण्डल, सदस्यहरुमा राम बहादुर महतो, आनन्देब मण्डल, पशुपति ठाकुर र मिडिया रिपोर्टर (प्रेस संयोजक) देव ना. महतो रहेका छन्।
यसैगरी वरिष्ठ सल्लाहकारमस बेचन मण्डल र सल्लाहकारमा बसन्त मण्डल, राजेन्द्र यादव, राम उदगार यादव चयन भएका छन्।
समाजले मलेसियाका विभिन्न राज्यमा पनि जिम्मेवारी तोकेको छ। जसअनुसार जोहोर शाखा अध्यक्ष आनन्द साह, सेरेम्बान शाखा अध्यक्ष सूर्यनारायण यादव, र केएल शाखा अध्यक्ष पवन कुमार महतो रहेका छन्।
अधिवेशनमा वक्ताहरूले आम नेपालीबीच आपसी सहयोग, सहकार्य र एकतालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। नयाँ नेतृत्वलाई बधाई दिंदै अतिथिहरूले हेल्प मधेसी मलेसियाले प्रवासी जीवनमैत्री सामाजिक, सांस्कृतिक र शैक्षिक अभियानलाई निरन्तर अघि बढाउने विश्वास व्यक्त गरेको बरिष्ठ उपाध्यक्ष महतोले बताए।