“भाइहरु, मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस” : गायक राई।

काठमाडौं := चर्चित गायक राजेशपायल राईले सामाजिक सञ्जालमार्फत आफूले सञ्चार र विदेश मन्त्रालय सम्हाल्न सक्ने दाबी गर्नुभएकाे छ। उहाँले प्रधानमन्त्रीको पदमा दाबी नगरेको तर सञ्चार तथा पर्यटन क्षेत्रलाई मजबुत बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयाे ।

राईले आफ्नो स्टाटसमा लेख्नुभयाे, “भाइहरु, मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस, प्रधानमन्त्री मागेको छैन किनकि म सञ्चार र पर्यटन सम्हाल्न सक्छु। यदि म भन्दा धेरै विदेश पुगेको कोही छ भन्ने प्रमाण ल्याउ, मेरो पासपोर्ट र तिम्रो पासपोर्ट चेक गरौं। यो मेरो दाबी हो। मलाई थाहा छ पर्यटन र संगीतको विकास ! आँट गर्नै हो भने असम्भव कहीँ छैन।”

राईको यो अभिव्यक्तिलाई कतिपयले रमाइलो शैलीमा दिएको टिप्पणी गर्दै भन्नुभयाे कतिपयले गम्भीररूपमै लिएको देखिन्छ। विशेषगरी संगीत क्षेत्रका व्यक्तिहरूले उहाँको पर्यटन र सांस्कृतिक विकासप्रतिको प्रतिबद्धतालाई स्वागत गर्नुभयाे।राजनीतिक रूपमा सक्रिय नभए पनि राईले नेपालका अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको संस्कृति, संगीत र पर्यटनलाई चिनाउने काम गर्दै आउनु भएकाे छ।

विदेशमा भइरहेका नेपाली समुदायका कार्यक्रममा उनको उपस्थिति नियमित रहँदै आएको छ।उहाँको यो स्टाटसले चर्चासँगै प्रश्न पनि उठाएको छ—कला–साहित्य र पर्यटन क्षेत्रका अगुवा कलाकारहरूलाई सरकारी जिम्मेवारीमा ल्याउने कि ल्याउने होइन?