काठमाडौं := सुरक्षा निकाय कमजोर बनाइएको अवसरलाई उपयोग गर्दै देशभरका जेल र बालसुधार गृहहरूबाट सामूहिक रूपमा भागेका कैदीबन्दीहरू फिर्ता नभएपछि देशभर सुरक्षा त्रास फैलिएको छ । १४ हजार ३०७ जना कैदीबन्दी र थुनुवा फरार भएकामा हालसम्म झण्डै दुई हजारलाई नियन्त्रणमा लिइएको छ , भने बाँकी १२ हजार जना अझै सम्पर्कविहीन छन् ।
जसले गर्दा समाजमा शान्ति सुरक्षाको स्थिति एकदमै चुनौतीपूर्ण देखिएको छ । उनीहरूमध्ये जबरजस्ती करणी, कर्तव्य ज्यान, लागुऔषध तस्करी, डकैती, ज्यान मार्ने उद्योग जस्ता गम्भीर अपराधमा दोषी ठहरिएकाहरूको संख्या उल्लेख्य छ । भागेका कैदीमध्ये केही फेरि आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी-१ का ३५ वर्षीय दीपक सुनार ९ वर्षे बलात्कार सजाय काट्दै गर्दा कारागारबाट फरार भएका थिए । उनी फरार भएको भोलिपल्टै एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् ।
यस्तै, कैलाली कारागारबाट भागेका ६१८ कैदीमध्ये ६ जना विभिन्न आरोपमा फेरि पक्राउ परेका छन् । टीकापुर र जानकी गाउँपालिकाबाट पक्राउ परेकामध्ये चारजना लागुऔषध, एकजना बलात्कार र एकजना चोरीको अभियोगमा छन् ।
प्रहरीले सामान्य गस्ती गर्न नसक्ने स्थितिमा सर्वसाधारणले सेनाले नै गस्ती गरिदेओस् भन्ने अपेक्षा राखेका छन् । स्थानीयहरूले भागेका कैदीबन्दीहरू नियन्त्रणमा लिएर प्रहरी–सेनाको जिम्मा लगाउने घटनासमेत बढिरहेका छन् । पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीका अनुसार कैदीबन्दी फरार भएपछि व्यापार, व्यवसाय र आर्थिक गतिविधि ठप्प रहेको बेला अपराध र अपराधी सल्बलाउने खतरा छ ।
उहाँका अनुसार प्रहरीलाई तुरुन्तै पूर्वावस्थामा फर्काएर मनोबल बढाउनुपर्ने, सीमामा कडाइ गर्ने र स्थानीय-केन्द्रीय स्तरमा संयुक्त गस्ती सञ्चालन गर्नुपर्ने आवश्यकता छ । प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले भन्नुभयो, ‘भागेकाहरूलाई खोज्ने उर्दी जारी भइसकेको छ, सर्वसाधारणले पनि सूचना दिनुहोस्’ भन्दै अपिल गर्नुभएको छ ।
सीमा क्षेत्रमा भारतीय नागरिकसमेत रहेका कैदीबन्दीहरू भारत पस्न नपाऊन् भनेर नाकाहरूमा कडाइ गरिएको बताइन्छ । सुरक्षाविद्हरूको धारणा छ जेन-जी आन्दोलनको शान्तिपूर्ण उद्देश्यबाट सुरुवात भए पनि त्यसको हिंसात्मक छायाले प्रहरी, प्रशासन र कारागार व्यवस्थामा चरम संकट ल्याएको छ ।
अब तत्काल पुनर्संरचना र समन्वित कदम चालिएन भने अपराध नियन्त्रणभन्दा बाहिर जाने खतरा छ । कैदीबन्दीलाई रोक्न गोली चल्दा दुई जनाको मृत्यु रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीबन्दीलाई रोक्न गोली चल्दा दुई जनाको मृत्यु भए




















