दूतावासको सक्रियतामा मलेसियाको विमानस्थलमा स्वदेश पर्खाइमा रहेका नेपाली यात्रुहरुलाई खाना वितरण।

क्वालालम्पुर (मलेसिया):= जेन जी को आन्दोलनको कारण नेपालको राजधानी काठमाडौंमा उत्पन्न असहज अवस्थाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान बन्द हुँदा यता मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै २ सय जना नेपाली स्वदेश फर्किनबाट रोकिएका छन् ।

मलेसियाको अध्यागमन पार भइसकेका र विभिन्न देशबाट ट्रान्जिट भएका नेपाली केयलआईए विमानस्थलभित्रै रोकिएको नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका जनसम्पर्क अधिकृत जयप्रकाश गिरीले जानकारी दिनुभयो ।

राजदूतावासका अनुसार केयलआईए भित्र स्वदेश पर्खाइमा बसेका ति नेपाली हरुलाई खानाको बन्दोबस्त र आवश्यक सहजीकरण समेत गरिएको बताउनुभयो । खाना बन्दोबस्त गर्नलाई राजदूतावासको सहकार्यमा मलेसियास्थित गैरआवासीय नेपाली संघ “एनआरएनए”मलेसिया , नेपाल आदिवासी जनजाती महासंघ मलेसिया , ब्यापारी ब्यावसायी लगायतले सहयोग गरेको बताउनुभयो ।

दूतावासका कर्मचारीहरु नै खाना लिएर विमानस्थल भित्रै प्रवेश गरि भोकभोकै बसेका नेपाली यात्रुहरू लाई खाना वितरण गरेर खान दिएका हुन । दुई दिन बन्द गरिएको विमानस्थल हाल भने सञ्चालनमा आइसकेको छ । नेपालमा पुर्ण रुपमा उडान सञ्चालन नभएनी छुट्पुट हवाई उडान सुचारु भएको छ ।