क्वालालम्पुर (मलेसिया):= नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको आयोजनामा हुने भनिएको संविधान दिवस कार्यक्रम रद्द भएको छ । यहीँ मिति २०८२ असोज ३ गते (तदनुसार १९ सेप्टेम्बर २०२५) का दिन मलेसियाको जे डब्लु मेरिएट होटलमा मनाउन तय भएको राष्ट्रिय दिवस (संविधान दिवस) को कार्यक्रम नेपालमा उत्पन्न भएको विषम परिस्थितिका कारण रद्द गरिएको नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाले एक सूचना सार्वजनिक गरि जनाएको छ।
दूतावासका अनुसार पछिल्ला दिनमा नेपालमा जेन जी को आन्दोलनले देखिएको असामान्य अवस्था र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यस वर्षका सबै औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। संविधान दिवस मुलुककै ऐतिहासिक दिनका रूपमा मनाइँदै आएको भए ता पनि यसपटक परिस्थितिजन्य बाध्यताले कार्यक्रम आयोजना हुन नसक्ने सूचनामा उल्लेख छ।





















