नेपालमा पनि ‘नेपो बेबी’ अभियान सुरु: जेन–जी सडकमा आउँदै।

काठमाडौं := सामाजिक सञ्जालमा सुरु भएको जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी स्वर अब सडकसम्म पुग्ने भएको छ। राजनीतिक तथा विशिष्ट व्यक्तिहरूका सन्तानले पाएको विशेषाधिकार र पहुँचविहीन जनतामाथि परेको बोझविरुद्ध उहाँहरूले अभियान चलाउनु भएकाे हाे ।

‘नेपो बेबी नेपाल’ नामक टिकटक अभियानमार्फत उहाँहरूले ‘नेपो बेबी’ को हैसियतमा विलासी जीवन बिताइरहेका ठूला घरानाका सन्तानविरुद्ध एकपछि अर्को भिडियो सार्वजनिक गर्दै आउनुभएकाे छ । उहाँहरूको भनाइमा पारिवारिक पहुँच र विशेषाधिकारकै कारण साधारण नागरिक निराशा र असमानताको मारमा परिरहेका छन् ।

सामाजिक सञ्जालमै सीमित नराख्ने उनीहरूको लक्ष्यसहित अब यो अभियान सडकमा देखिने भएको छ । त्यसकै क्रममा उनीहरूले भाेलि (२३ भदौ) नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शन गर्ने घोषणा गरेका छन् । यो अभियान इन्डोनेशियाबाट सुरु भैइ अहिले विश्वभर तिव्र रुपमा फैलिरहेको छ ।