केलान्तान (गुआ मुसाङ /मलेसिया) := मलेसियाको गुआ मुसाङ नजिकै मेट्रो ब्लाउ इस्टेट, पोस ब्लाउ क्षेत्रमा बुधबार (सेप्टेम्बर ३) साँझ एक नेपाली कामदार जंगली हात्तीको आक्रमणमा परेर गम्भीर घाइते भएका छन्।
गुआ मुसाङ जिल्ला प्रहरी प्रमुख सुप्रिन्टेन्डेन्ट सिक चुन फुलेका अनुसार घाइते भएका नेपाली मुलुकका कामदार मुहम्मद शुक्री अब्दुल्लाह (मूल नाम मुती बहादुर बायाम्बु), ५४ वर्षका हुन्। उनका अनुसार पीडित करिब साँझ ५:३० बजे मोटरसाइकलमा घर फर्कने क्रममा हात्तीका पाइला देखेर त्यसको पछ्याउन खोज्दा आकस्मिक रूपमा हात्तीले सुँडले समातेर करिब १०० मिटर माथीसम्म तानेको थियो।
“पीडितलाई हात्तीले थिचेको र डाँडाबाट तल लडाएको प्रारम्भिक विवरण छ। पीडितले पिडामा कराएको आवाज सुनेर सहकर्मीहरूले उद्धार गरेका थिए,” उनले विज्ञप्तिमा भने। घाइतेलाई गुआ मुसाङ अस्पताल लगिएको र हाल आईसीयू (गहन उपचार कक्ष) मा राखी खुट्टा, छाती र घाँटीमा भएको गम्भीर चोटको उपचार भइरहेको प्रहरीले जनाएको छ।
– बर्नामा




















