“हेल्प मधेसी मलेसिया”को तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम यहीँ सेप्टेम्बर १४ तारिख।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत मधेसी समुदायको माउ संस्था “हेल्प मधेसी मलेसिया”को तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम यहीँ सेप्टेम्बर महिनाको १४ तारिख आईतवारका दिन भव्य रुपमा आयोजना हुने भएको छ। उक्त कार्यक्रम राजधानी क्वालालम्पुरमा अवस्थित “WISMA ANN KOAI, 67, Jalan Ampang, 50450, W.P. Kuala Lumpur” (नेपाली राजदूतावास छेउको भवन) मा आयोजना हुने तय भएको आयोजक संस्थाले जानकारी दिए ।

संस्थाका अनुसार, यस ऐतिहासिक अवसरमा मलेसियामा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, साथै यहाँका सरकारी तथा गैर–सरकारी संघ–संस्थाका प्रतिनिधिहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरिएको छ।

हेल्प मधेसी मलेसियाका पदाधिकारीहरूले समुदायको एकता, सांस्कृतिक संरक्षण र आपसी सहयोग प्रवर्धन गर्ने उद्देश्यले अधिवेशन आयोजना गरिएको बताएका छन्। कार्यक्रममा विशेष अतिथि, सम्मान, सांस्कृतिक प्रस्तुति तथा भावी योजनाबारे छलफलसमेत हुनेछ। उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको महामहिम राजदुत डा•नेत्र प्रसाद तिम्सिनाको प्रमुख उपस्थितिमा  नेपाली ,मैथिली कलाकार हरु द्वारा जोरदार सांगीतिक प्रस्तुति गरिनेछ ।

कार्यक्रमबारे थप जानकारीका लागि तल दिइएको निम्न नम्बरमा सम्पर्क गर्न सकिनेछ ।                                   दिपक मण्डल +६०११३३२३२९५०  , प्रमोद कुमार महतो +६०१६२६३३९६७ , उदय नारायण मण्डल +६०१४९६३८७२६ , सुरेन्द्र महतो +६०१०२५२१४०७