एनआरएनए लालसिंह खड्का युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित।

कम्बोडिया:= कम्बोडियाका सफल युवा व्यवसायी तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाका पूर्व अध्यक्ष एवं एनआरएनए अभियन्ता लालसिंह खड्का युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित हुनु भएकाे छ ।

नेचर इन्टरनेशनल पीस (UNIP) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको बैंककस्थित प्रिन्सटन होटलमा आयोजित विशेष कार्यक्रममा खड्कालाई समाजसेवा र हस्पिटालिटी क्षेत्रमा योगदानको उच्च मूल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो।

बागलुङमा जन्मिएका खड्का विगत दुई दशकदेखि कम्बोडियामा रहेर पनि समृद्ध नेपाल निर्माणमा सक्रिय रहनुभएकाे छ । नेपाली समुदायमा उनका योगदान, एनआरएनए अभियानमा सहभागिता र इमानदार व्यक्तित्वका कारण उनी चर्चित र लोकप्रिय व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।