एनआरएनए मलेसियाको निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क लगायत विवरण सार्वजनिक।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाको आगामी २०२५-२७ सम्मको कार्यकालको लागि नवौं अधिवेशन- निर्वाचनको तयारी यतिबेला तिव्र रुपमा चलिरहेको छ।

एनआरएनए मलेसियाको निर्वाचन यहीँ बर्ष सन् २०२५ अगस्ट ३१ तारिख आईतवारको दिन सभ्य र भब्य रुपमा अधिवेशन सम्पन्न गर्ने तयारी भैइरहेको हो। जसअनुरुप निर्वाचन समितिले पनि उम्मेदवारी दर्ताको मिति, समय स्थान , शुल्कलगायत खुलाएको सूचना सार्वजनिक गरेको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको सूचना अनुसार अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराउने उम्मेदवारहरुले मलेसियन रिंगिट आरएम ४ हजार उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने सूचनामा उल्लेख छ।

त्यस्तै उपाध्यक्षले आरएम २ हजार ५ सय हजार , महिला उपाध्यक्ष २ हजार ५ सय , युवा उपाध्यक्ष २ हजार ५ सय , महिला संयोजकले १ हजार ५ सय महासचिव १ हजार ५ सय , सचिव १ हजार ५ सय , सह – सचिव १ हजार ५ सय , कोषाध्यक्ष १ हजार ५ सय , सह कोषाध्यक्ष १ हजार ५ सय र सदस्य पदमा उम्मेदवारी दर्ता गराउने उम्मेदवारहरुले आरएम ५ सय रकम तिर्नुपर्ने उल्लेख छ।

उम्मेदवारी दर्ता प्रक्रिया यहि मिति २९ अगस्ट  २०२५ (शुक्रवार) को दिउँसो १२:०० बजेसम्म खुल्ला रहने छ। दाबी बिरोध ३० अगस्ट शनिबार बिहान १०:०० बजेसम्म गर्न सकिनेछ। त्यस्तै उम्मेदवारी दर्ता नमावली प्रकाशन ३० अगस्टकै दिन दिउँसो १२:०० बजेसम्म प्रकाशन हुने जनाएको छ ।