नवौं अधिवेशन: एनआरएनए मलेसियाको महासचिव पदमा शर्माले उम्मेदवारी दिने।

[ तिलोचन गौतम ] 

क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ “एनआरएनए” मलेसियाको २०२५–२०२७ कार्यकालको लागि नवौं अधिवेशन यहीँ अगस्ट ३१ मा हुने तय भए संगै संघको विभिन्न जिम्मेवारी पदमा उम्मेदवारी दिनेहरूको नाम घोषणा , सार्वजनिक हुन थालेका छ्न ।

उम्मेदवारी घोषणा गर्ने हरुकै जमातमा जाम्बिया मा २०१३–२०१५ र २०१५–२०१७ दुई कार्यकाल महासचिव भएर २०१७–२०२१ एक कार्यकाल अध्यक्ष भएर काम गरिसकेको अनुभव बटुलेका प्रमोद शर्मा यतिबेला  गैरआवासीय नेपाली संघ “एनआरएनए” मलेसियाको महासचिव पदमा उम्मेदवारी दिने भएका छ्न ।

चार बर्ष एता मलेसियामा बसोबास गरिरहेका श्रमिक हरुको सुख दु:ख राम्ररी बुझेका समाजसेवी युवा प्रमोद शर्मा २०२५–२०२७ कार्यकालको लागि महासचिव पदमा उमेदवारी दिने घोषणा गरेका हुन ।

राष्ट्रिय समन्वय परिषद जाम्बियामा आबद्ध भएर लामो समयसम्म नेपालीको हकहितका निम्ति काम गरेको अनुभव भएका प्रमोद शर्मा अनुभवि र सस्थामा लामो अनुभव बटुलेका जाम्बियामा बविभिन्न संघ संस्थासंग आबद्ध रहेर काम गरिसकेका शर्मा अहिले वैदेशिक रोजगारी को सिलसिलामा मलेसियामा काम गर्दै मलेसियामा रहेका नेपालीहरूबीच आपसी भाईचारा तथा एकताको भावना जगाउदै समाजसेवा भाव बोकेर निरन्तर काम गरिरहेका उम्मेद्बार भएको ले पनि गतिलो सम्बाहक उम्मेद्बारी को रुपमा हेरिएको छ ।