एनआरएनए मलेसियाको अध्यक्ष पदमा इन्द्र नारायण लिम्बूको उम्मेदवारी।

[ तिलोचन गौतम ] 

क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं अधिवेशन हुने तय भएसँगै उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी दर्ता गराउन थालेका छ्न् ।

यसैक्रममा एनआरएनए मलेसियाको स्थापनाकालदेखि नै विभिन्न पदीय जिम्मेवारी लिँदै संस्थाका लागि थुप्रै उदाहरणीय काम गरिसकेका इन्द्र नारायण लिम्बूले २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

दुई दशकभन्दा लामो समयदेखि मलेसियामै रहेर ब्यापार – व्यावसाय गर्दै आएका लिम्बूले देशमा परेका विपद्का समयमा र मलेसियामा रहेका श्रमजीवी वर्गका समस्या सुल्झाउन , श्रमिकलाई उद्दार गर्नेलगायत थुप्रै काम गरिसकेको र गर्दैआएका छन् ।

सामाजिक सद्‍भाव, मिलाप र श्रमिकका समस्या हल गर्न आफूले तयार गरेको कार्यनीति आफ्ना एजेन्डाहरुमा समेटेर छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको बताउँदै आफ्नो पक्षमा मत जाहेर गर्न लिम्बुले सबैलाई आग्रह गरेका छन् ।