क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ “एनआरएनए” मलेसियाले नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रम आयोजना भब्य आयोजना गर्ने तयारी गरेको छ । एतिबेला मलेसियामा दुई कित्तामा बिभाजन भएर गैर आवासीय नेपाली संघ मलेसियाले छुट्टाछुट्टै आ-आफ्नै पक्षधर र समर्थक समाहित गर्दै अधिवेशन गर्न लागेका हुन ।
गत जुलाई महिनाको २० तारिख एनआरएनए मलेसिया संस्थालाई सक्षम सबल र एकाबद्व बनाउन आन्तरिक सहमति र पारदर्शिता अपरिहार्य रहेको निष्कर्ष सहित एकताको महाधिवेशन गर्ने भन्दै गैर आवासीय नेपाली संघ मलेसियाका सबै पधादिकारी सहितको छलफलले राकेश प्रसाद महतोलाई संयोजक बनाएर अगस्ट ३१ तारिखको दिन अधिवेशन सप्पन्न गर्ने निर्णय गरेको थियो ।
जुलाई २० को सहमती पत्रलाई एनआरएनए संस्थाको बिधान संम्बत नहुने भन्दै बिधानको छिद्रता लाई लिएर आफुखुसी कमिटी गठन गरेर बहुमत पधादिकारी सहित को छलफलले गरेको निर्णयमा हस्ताक्षर गर्दै सहमति जनाउदै बिधानलाई देखाएर छलफल नै नगरी संघ भित्र गुटबन्दी गरेर संस्थाभित्र रहेका बहुमतको गैरआवासीय नेपाली समुदाय लाई उपेक्षा गर्दै आफुखुसी अधिवेशन गरेको भन्दै समितिले कार्यवाहक अध्यक्ष तोकि कसैको निजि विचारमा संस्था चल्नु नहुने निष्कर्षसहित आफुहरुले अधिवेशन गर्ने तयारी थालेको नबौ अधिवेशनका संयोजक इद्र नारायण लिम्बू ले पत्रकारहरूसँग विशेष छलफलमार्फत जानकारी दिनुभयो ।
गत जुलाई २७ तारीख डाक्टर बद्री केसी पक्षधर र समर्थक समुहले निर्वाचित कार्यसमितिले बिधान संवत् क्षेत्रीय समितिको अधिवेश हुनु पर्ने र २ वटा क्षेत्रीय समितिको अधिवेशन गरेर आफुहरु नै वैधानिक रहेको भन्दै राकेश प्रसाद महतो लाई नवौं अधिवेशनबाट अध्यक्ष पदमा निर्बिरोध निर्बाचित गराइसकेको छ । अगस्ट ३१ तारिख आईतवार महेस श्रेष्ठ पक्षधर र समर्थक समुहले पनि नवौं अधिवेशन गर्ने भए संगै गैर आवासीय नेपाली संघ मलेसिया दुई धारमा बिभाजित हुने निश्चित भएको छ । आ-आफ्नै तर्क र विश्लेषण सहित छुट्टाछुट्टै अधिबेशन गर्दा आम जनमानस र संघ भित्रै नयाँ अन्योलता थपिएको छ।
अगस्ट ३१ तारिख आईतवार नवौं अधिवेशन तथा तीज कार्यक्रम आयोजना गर्ने समूहले अझैपनी सस्थामा आफुहरुले एकता चाहेको बताउदै जुलाइ २० को सहमती लाई कार्यनयन गर्छु भन्दा मिलेर जान सकिने प्रसस्त आधार रहेको जनाउदै सबै एक भएर जानुको बिकल्प नरहेको र दीर्घकालीन रूपमा संघ लाइ सक्षम बनाउन सहमति र सामूहिकताकै बाटो तर्फ जानुपर्ने अविश्वास,अस्वस्त टिक्काटिप्पणी संस्थाको हितमा नभएको जनाउँदै सबैले गैर आवासिय नेपाली संघ को साझा संकल्पमा केन्द्रित हुनुपर्नेमा जोड दिदै संस्थाका पुर्ब महासचिव टिकाराम अधिकारी ले पत्रकारहरूसँगको विशेष छलफल कार्यक्रम मा बताउनु भयो ।
३१ अगस्टमा सबैलाई समेटेर समान अवसर दिएर नेतृत्व चयन गर्ने निष्कर्ष सहित अधिवेशनको आवश्यक तयारीमा जुटेको प्रमुख अतिथि व्यवस्थापनको काम सुरु भइसकेको निर्बाचन अधिकृत समेत तोकिसकिएको कार्यक्रम लाई लाई बृहत बनाउन आयोजक टिम लागिपरेको संम्योजक इद्र नारायण लिम्बू ले जानकारी दिनुभयो।
नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रमको लागि
नेपालबाट आमन्त्रित कलाकार गायिका शोभा त्रिपाठी , गायक बुद्ध लामा लगायत स्थानीय कलाकार हरु समेत बेजोड प्रस्तुति रहने छ। कार्यक्रम भब्यताका साथ सम्पन्न गराउन आयोजक टिम लागि परेको नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रम आयोजक समिति ले जानकारी दिएका छ्न ।




















