क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत आदिवासी जनजाती समुदायको माउ संस्था नेपाल आदिवासी जनजाती महासंघ “नेफिन” मलेसियाले संरक्षक र सल्लाहकार समिति मनोनीत गरेका छ्न ।
महासंघ मलेसियाको प्रथम बैठकले संस्थाको संरक्षकमा संस्थापक अध्यक्ष सुन्दर आले मगरलाई संरक्षक पदमा मनोनीत गरेका हुन ।
त्यस्तै महासंघको सल्लाहकार समितिमा प्रमुख सल्लाहकार पदमा विपिन राई , सल्लाहकार पदमा क्रमशः पासाङ तामाङ , घनश्याम चौधरी “आरएन” , राजु योञ्जन तामाङ , इन्द्रनारायण लिम्बु , बालध्वज लिम्बु , जीवन देवान लिम्बु, दिल केरुङ लिम्बु , पुर्ण सुब्बा लिम्बु , कृष्ण आङ्देम्बे लिम्बु , शेरबहादुर गुरुङ , दयाराम कुमाललाई मनोनीत गरिएको महासचिव सन्जिव तामाङ ले बताए ।
महासंघले मनोनीत सबैजना प्रति हार्दिक बधाई ज्ञापन गरेका छ्न । महासंघ मलेसियाको छैठौं महाधिवेशन यहीँ अगस्ट महिना गत ३ तारिखको दिन सम्पन्न भएको थियो ।



















