शाहआलम (मलेसिया):= गत सात महिनाभित्रना सेलाङ्गोर राज्यमा मात्रै ४१४ अपरेसनमार्फत ३,१९० जना अवैध आप्रवासी कामदार पक्राउ परेका छन्। सेलाङ्गर अध्यागमन विभाग इमिग्रेशन निर्देशक खैर्रुल अमिनुस कामारुद्दिनका अनुसार, सेलाङ्गरस्थित पेटालिङ जिल्लामा सबैभन्दा बढी २,१५८ पक्राउ परेका छन्, पछिल्लो स्थानमा क्लाङ (६१७) र हुलु लाङ्गाट (१९३) रहेका छन्।
उक्त अवधिमा ९४१ आप्रवासीलाई अदालतमार्फत सजाय दिइएको छ भने १,०३० जना आवश्यक कागजी प्रक्रिया र सम्बन्धित देशको दूतावाससँगको समन्वयपछि देश निकाला गरिएको छ। पक्राउ परेकामध्ये सबैभन्दा ठूलो समूह इन्डोनेशियन (३८७), त्यसपछि बंगलादेशी (२४५) र भारतीय (११४) रहेका छन्।
यस्तै, अवैध आप्रवासीलाई आश्रय दिएको अभियोगमा २२ नियोक्ता रोजगारदाताविरुद्ध पनि कारबाही गरिएको छ। खैर्रुलले विदेशी कामदारको नयाँ भर्ना मे महिनादेखि रोकिएको बताउँदै पास तथा परमिट उल्लङ्घन गर्नेहरूमाथि आक्रामक रूपमा कारबाही जारी राखिने स्पष्ट पारे। एजेन्सी




















