क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले पछिल्लो ३ बर्षमा यहाँ पक्राउ परेर जेल सजाय पूरा गरिसकेका ९५ हजार १५० जना अवैधानिक विदेशी हरुलाई स्वदेश फिर्ता पठाएका छ्न ।
मलेसियन अध्यागमन विभाग “इमिग्रेशन” ले यहाँ विगतदेखिनै हरेक बर्ष बेला – बेला छापा मार्ने र अवैधानिक धरपकड गरेर जेल चलान गर्दै आएका छ्न । त्यसरी छापामारीको क्रममा मलेसियन अध्यागमन कानुन उलंघन गरेको आरोपमा पक्राउ परेका ११५ देशका अवैधानिक विदेशी नागरिक हरुलाई स्वदेश फिर्ता पठाइसकिएको मलेसियन अध्यागमन विभागले जनाएको छ ।
अध्यागमनका अनुसार त्यसरी जेल सजाय पूरा गरेर अवैधानिक तवरबाट आ-आफ्नो देश फर्किएका विदेशीहरुलाई पुर्ण रुपमा कालोसूची “ब्ल्याक लिष्ट्”मा राख्ने गरेकोले पुनः मलेसिया आउन पाउदैनन् , ऊनीहरुलाई मलेसियामा पुर्ण प्रवेश निषेध गरिन्छ।
मलेसियन अध्यागमन विभाग (इमिग्रेशन) का महानिर्देशक दातो जकारिया बिन शाबानले दिएको जानकारी अनुसार बितेको वर्ष सन् २०२३ मा ३८,९७८ जना , वर्ष २०२४ मा ४५,९०९ जना र यस् बर्ष सन् २०२५ को मार्च १६ तारिख सम्ममा थप १०,२६३ जना गरि जम्मा ९५ हजार १५० जना अवैधानिक जेल सजाय पूरा गरेका विदेशी नागरिकहरु लाई स्वदेश फिर्ता पठाइएको बताए ।
त्यस्तै यसैबीच, मार्च १, २०२४ देखि सुरु भएको आप्रवासी स्वदेश फिर्ती कार्यक्रम “रिपेटरासी पुलाङ”मार्फत डिसेम्बर ३१, २०२४ सम्म, ११५ देशका कुल २,४६,७३२ विदेशी नागरिकहरूले स्वदेश फर्किन दर्ता गराएका थिए,” उनले भने।
जसमध्ये मार्च २३ , २०२५ सम्ममा कुल २,२५,०२४ जना आफ्नो मूल देश फर्किसकेका छ्न। “यस कार्यक्रमबाट मलेसिया सरकारले कुल मलेसियन आरएम ११८,१०५ रिंगिट संकलन गरेको उनले भने । विभागले अहिलेपनि अवैधानिकविरुद्ध मलेसियाब्यापी छापामारी धरपकड अभियान चलाइरहेको छ । समाचार स्रोत : हारियान मेट्रो अनलाइन