काठमाडौं := शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाउनुभएको उहाँका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिनुभयो ।
“शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो”, उहाँले भन्नुभयो, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।” विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिनुभएको छ ।
शिक्षामन्त्रीको राजीनामाको अपसज प्रधानमन्त्री ओलीमाथि पोखिएपछि उनीनिकट कार्यकर्ताहरुले संगठित रुपमा भट्टराईविरुद्ध प्रचारबाजीसमेत सुरु गरेका छन्। ओलीमाथि चौतर्फी घेराबन्दी भएका बेला उनलाई असहयोग गर्ने नियतका साथ राजीनामा गरिएको भन्दै भट्टराईको खेदो खन्न सुरु गरेका छन्। उनको राजीनामाले शिक्षक आन्दोलन थप चर्किने सम्भावना बढेको छ।




















