काठमाडौं := अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । एन्फाले सोमबार सूचना जारी गर्दै महिला फुटबल टिमको मुख्य प्रशिक्षकको आवेदन खुला गरेको हो ।
मुख्य प्रशिक्षकमा आवेदन दिन प्रो लाइसेन्स प्राप्त हुनुपर्ने उल्लेख छ । यस्तै, सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टोली सम्हालिसकेको र कम्तीमा दुई वर्षको अनुभव भएको हुनुपर्ने एन्फाले जनाएको छ ।
एन्फाले पर्फमेन्स एनलाइसिसको आवेदन पनि खुला गरेको छ । एन्फाले यसमा फिटनेस कोर्सको प्रमाणपत्र हुनुपर्ने र लेभल वानको डाटा एनलाइसिस गरेको अनुभव हुनुपर्ने जनाएको छ भने कम्तीमा एक वर्षको अनुभव अनिवार्य हुनुपर्नेछ ।





















