पिएनसिसि मलेसियाद्वारा नेपाल एयरलाइन्सको पुरानो कर्मचारीको विदाईसंगै नयाँको स्वागत।

क्वालालम्पुर (मलेसिया):= प्रवासी नेपाली समन्वय समिति “पिएनसिसि” मलेसियाले नेपाल वायुसेवा निगम “नेपाल एयरलाइन्स”मा कार्यरत कर्मचारीहरु लाई विदाई संगै स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

मलेसियामा बिगत अढाइ बर्ष पहिले नियुक्ति पाएर आएका कर्मचारी फाइनान्स म्यानेजर सुरेश प्रसाद यादवको कार्यकाल सकिएर नेपाल फर्किन लागेको अवस्थामा आज मंगलबारको दिन पिएनसिसि मलेसियाले एक कार्यक्रम आयोजना गरि दो-सल्ला ओढाई स-धन्यवाद सहित विदाइ गरेको हो ।

पिएनसिसि मलेसियाका संयोजक पुर्ण लिम्बू लगायत सहभागी सबैले मलेसियामा कार्यरत रहँदासम्म पीडित नेपाली श्रमिकहरु लाई उद्दार गरि नेपाल एयरलाइन्समार्फत स्वदेश फर्काउन फाइनान्स म्यानेजर यादवले एयरलाइन्स परिवारको तर्फबाट गरेको सहयोग र समन्वयको खुलेरै प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।

त्यसैगरी मलेसियामा नेपाल एयरलाइन्स मलेसियाको फाइनान्स म्यानेजर पदमा कार्यभार सम्हाल्न आउनुभएका नव नियुक्त फाइनान्स म्यानेजर कमल प्रताप सेन , कन्ट्री म्यानेजर रमेश पौडेल , स्टेशन म्यानेजर हिम बहादुर लम्साललाई पिएनसिसि मलेसिया लगायतले खादा ओढाई स्वागत गरेका हुन ।