अन्ततः रास्वपामा आफ्नो सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले दुई साताअघि नै राजीनामा दिएको बताइएकाे छ। पार्टी भित्रको आन्तरिक समीकरण र असन्तुष्टिपछि श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय लिएकी हुन्। याे विषउमा पार्टीले भने औपचारिक प्रतिक्रिया दिएको छैन।

‘पार्टीको जिम्मेवारीमा भन्दा अहिले मेरो आवश्यकता विधायकी भूमिकामा छ भन्दै उहाँले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको हो,’ ती सचिवालय सदस्यले भने, ‘सदनमा रास्वपाको भूमिका पनि जति सक्रिय हुनुपर्ने हो त्यति नभएकोले म विधायकी भूमिकामा बढी सक्रिय हुन चाहन्छु।’

सुमनाले यसअघि नै राजीनामा दिएको भएपनि आज दिउँसो बस्ने केन्द्रीय समिति बैठक त्यसबारे छलफल हुने बताइएको छ। साथै यसअघि केन्द्रीय समिति बैठकमा रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति नै पुनर्संरचना गर्ने बताएका थिए। तर श्रेष्ठले त्यसअघि नै आफू पार्टीको भन्दा पनि संसदीय भूमिकामै बढी केन्द्रित हुन चाहेको बताएकी थिइन्।