आईपीएलअन्तर्गत सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल शीर्ष स्थानमा।

Tristan Stubbs and KL Rahul of Delhi Capitals celebrate win after Super Over during match 32 of the Indian Premier League season 18 (IPL 2025) between Delhi Capitals and Rajasthan Royals held at the Arun Jaitley Stadium, Delhi on the 16th April 2025 Photo by Deepak Malik / Sportzpics for IPL

एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार रातिको खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले बुधबार आईपीएल यो सिजनको सनसनीपूर्ण यात्रालाई निरन्तरता दिएको हो। १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको क्षतिमा १८८ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको राजस्थानले ५ बलमा नै दुई विकेट गुमाएर ११ रन मात्र जोड्न सक्यो। मिचेल स्टार्कले पहिलो बल डट फ्याकेपछि राजस्थानका सिम्रन हटमायरले दोस्रो बलमा चौका प्रहार गर्नुभयाे । तेस्रो बलमा उहाँले १ रन बनाउनुभयाे । त्यसपछि रियान परागले नोबलमा चौका प्रहार गर्नुभयाे । त्यसपछिको बलमा पराग रन आउट हुनुभयाे । अर्को बलमा यशस्वी जयसवाल दोस्रो रन लिने प्रयासमा आउट हुँदा सुपर ओभरमा राजस्थानले मात्र १२ रनको लक्ष्य दिएको थियो।

दिल्लीको सुपर ओभरको जवाफी ब्याटिङमा राजस्थानका सन्दीप शर्माले बलिङ गर्नुभएकाे थियाे । सुपर ओभरको सुरुवात गरेका दिल्लीका लोकेश राहुलले पहिलो बलमा २, दोस्रोमा चार तथा तेस्रो बलमा १ रन बनाउनुभयाे । त्यसपछि ट्रिस्टीयन स्टब्सले छक्का प्रहार गर्दै जित निश्चित गर्नुभयाे ।

यसअघि १८९ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि यसस्वी जयसवाल र कप्तान सञ्जु सामसनले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्नुभयाे । कप्तान सामसनले १९ बलमा ३१ रन प्रहार गरेपछि रिटायर्ड हुनुभयाे । त्यसपछि राजस्थानको रनको गति रोकिएको थियो। जयसवालले ३७ बलमा ५१ तथा नितिस रानाले २८ बलमा ५१ रन बनाउनुभयाे । ध्रुव जुरेलले रन आउट हुनु अघि १७ बलमा २६ रन बनाउनुभयाे ।

यसअघि टस हारेर टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १८८ रन जोडेको थियो। दिल्लीका लागि अभिषेक पोरलेले ४९ रन प्रहार गर्नुभयाे। सुरुमा धिमा गतिमा खेलेको दिल्लीका लागि उत्कृष्ट फिनिसिङ गर्ने क्रममा कप्तान अक्षर पटेलले १४ बलमा ३४ रन बनाउनुभयाे । बलिङमा समेत उनले तीन ओभरमा २३ रन खर्चेर एक विकेट लिनुभयाे । जितपछि दिल्ली १० अङ्क लिएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यो जितसँगै दिल्ली प्ले अफको नजिक पुगेको हो ।