एजेन्सी := बोरुसिया डर्टमन्डसँगको क्वाटर्रफाइनल दोस्रो लेगमा हारका बाबजुद बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबार भएको दोस्रो लेग क्वार्टरफाइनलमा डर्टमन्डले बार्सिलोनालाई ३-१ ले हराएको हो। पहिलो लेगमा ४-० ले जित हात पारेको बार्सिलोना समग्रमा ५-३ को नतिजा सेमिफाइनल प्रवेश गरेको हो।
खेलको ११ औँ मिनेटमा गुइरेसीले पेनाल्टी मार्फत गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाउनु भएकाे थियाे । दोस्रो हाफमा चौथो मिनेटमा नै उहाँले अर्को गोल गर्नुभयाे ।५४ औँ मिनेटमा रोन्से बान्सेबाइनीले आत्मघाती गोल गर्नु भएपछि डर्टमन्डको सेमिफाइनल प्रवेश अझै कठिन बनेको हो। ७६ औँ मिनेटमा गुइरेसीले ह्याट्रिक पूरा गर्नुभयाे। बार्सिलोना सन् २०१९ पछि अन्तिम चारमा पुग्न सफल भएको हो ।




















