चलचित्र ‘कर्मा’की अभिनेत्री उपासना सिंह ठकुरीको क्यारेक्टर लुक्स सार्वजनिक।

काठमाडौं := चैत २९ लाई सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘कर्मा’की अभिनेत्री उपासना सिंह ठकुरीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । निर्माणपक्षले सार्वजनिक गरेको लुक्समा उहाँ सामान्य कुर्थासुरुवालमा देखिनुभएको छ ।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गर्नुएको छ । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो । ‘कर्मा’ विपिन कार्कीको पहिलो एक्सन चलचित्र हो । एक्सन जनरामा निर्माण यो चलचित्रमा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय छ ।

मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा हुनुहुन्छ । एक्सन ड्रामा जनरामा निर्माण भएको चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेख्नुभएको हो । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले लिएको छ । आर्टिष्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।