भ्रमको खेती गर्नमा पोख्त पीएचडीको उपाधी ओली सरकारलाई दिए हुन्छ: मेयर बालेन शाह।

काठमाडौं := काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले केपी शर्मा ओलीको वर्तमान सरकारले विभिन्न विषयमा भ्रम छरिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने भए वर्तमान सरकारलाई दिए हुने टिप्पणी गरेका छन् । उनले सुशासनका लागि जो सुकैसँग पनि जुध्न आफू तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीलाई सम्बोधन गर्दै भनेका छ्न, ‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईंका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईंकै कार्यकालमा भएका हुन् भनिदिउँला । तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईंकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबैभन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरू विरूद्धको लडाइँ हो । सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु’, उनले उल्लेख गरेका छन् ।

यस्तो छ बालेनको स्टाटस् :

balen

फेसबुक लिंक :